• Sunday 4th of October 2026

पहिरोमा बेपत्ता महिलाको शव फेला


  • धनकुटा खबर
  • .

बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता ५९ वर्षीया कृष्णकुमारी सारुको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार असोज ९ गते गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्‍याउँदा सारु बेपत्ता भएकी थिइन् ।

उनको खोजीका लागि असोज १० गते जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको संयुक्त सुरक्षा तथा उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो । खोजतलासका क्रममा आज दिउँसो ४ः२५ बजे सारुलाई सोही स्थानमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

फेला परेको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖