पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने उक्त पुल गएराति नदीको बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए।
‘पुल बगाएको भन्ने खबर आएको छ। हामी त्यहाँ जाँदैछौँ,’ आचार्यले भने।
उक्त पुल कालीगण्डकी जलविद्युत् आयोजनानजिकै रहेको बताइएको छ। पुल बगाएपछि दुई गाउँपालिकाबीचको आवतजावत प्रभावित भएको छ।
पुल बगाउनुको कारण नदीको बहाव अत्यधिक बढ्नु रहेको बताइएको छ। घटनाबाट भएको अन्य क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।
