• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको उद्धार


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका चार जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान करिब सवा ९ बजे मिथिला नगरपालिका–११, आँपगाछीमा राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घर पुरिएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।

घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजन श्रेष्ठकी ३५ वर्षीया श्रीमती कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो। उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसममा सुधार आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖