काठमाडौ । जनसंख्या वृद्धिदर घट्दै गएपछि त्यसलाई बढाउन सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ बिदासम्बन्धी प्रस्ताव अघि सारेको छ।
प्रस्तावअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था गरिनेछ।
त्यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी हुँदा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।
जनसंख्या वृद्धिदरलाई प्रोत्साहन गर्ने तथा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य र हेरचाहमा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको जनाइएको छ।
