काठमाडौ । धादिङको धुनिबेशी नगरपालिका–६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
प्रहरीका अनुसार अगाडि गुडिरहेको सवारीसाधनले अचानक ब्रेक लगाएपछि पछाडिबाट आएका अन्य सवारीसाधन एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
