काठमाडौँ । मनाङको नार्फाभूमि गाउँपालिका–५ हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्।
करिब ५ हजार २०० मिटर उचाइमा आइतबार गएको हिमपहिरोमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको मृत्यु भएको हो।
हिमपहिरोमा परेका २७ नेपाली कामदारमध्ये ११ जना सकुशल फर्किएका छन्।
उच्च हिमाली क्षेत्रमा पुनः हिमपहिरोको जोखिम रहेकाले बेपत्ताको खोजी तथा उद्धार कार्य कठिन बनेको प्रशासनले जनाएको छ।
