• Sunday 4th of October 2026

‘हनी ट्रयाप’ मा पारेर रकम असुल्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

बाँके । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले असोज ५ गते काठमाडौँबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार श्रेष्ठले २०८१ सालदेखि बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्। पूर्वयोजनाअनुसार मायाप्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक नगद तथा जिन्सी सामान लिएको आरोप उनीमाथि छ।

आपराधिक लाभ लिएर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖