• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि फ्लाई दुबईको विमान डाइभर्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांकअनुसार यो घटना स्थानीय समयअनुसार राति करिब १ बजेर २० मिनेटमा भएको थियो ।

त्यसको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो । घटनापछि विमानलाई साउदी अरेबियातर्फ मोडिएको हो ।

इजरायली अधिकारीले यो घटना विमान अपहरण नभएको बताएका छन् । उनीहरूका अनुसार विमानभित्रकै कर्मचारीबीच भएको घटनाका रूपमा यसलाई बुझिएको छ ।

आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो ।

फ्लाईदुबईको विमान केही समयमै साउदी अरेबियामा अवतरण गर्ने अपेक्षा गरिएको छ । घटनाबारे फ्लाईदुबईको प्रतिक्रिया लिन सीएनएनले सम्पर्क गरेको जनाएको छ । -सीएनएनबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖