• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

वीरगन्ज महानगरका रास्वपा वडा सभापति पक्राउ


  • धनकुटा खबर
  • .

वीरगन्ज। वीरगन्ज महानगरका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वडा सभापति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा सभापति प्रकाश साह बिहीबार पक्राउ परेका हुन् ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा रास्वपा पर्सा महानगरका वडासभपति साहलाई पक्राउ परेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले बताए।

उनका अनुसार तीनदिन अगाडि वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछाको गाडी पास गराउने सन्दर्भमा दुई माछा व्यवसायीबिच झडप भएको थियो ।

सोही जाहेरीको आधारमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको पर्सा प्रहरीले जानकारी दिएको छ । माछा व्यापारमा सिन्डिकेट खडा गर्ने नियतले व्यापारीका दुई समूहबिच झडप भएको जनाइएको छ ।

गएको ३० गते आइसिपी परिसरमा भएको झडपमा घाइते भएका मनिष गुप्तासहितको जाहेरीका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका वडासभपति साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖