• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

रास्वपाले तोक्यो १३ विभागका प्रमुख, कुन विभागमा को ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ वटा विभागका प्रमुख र दुई विभागका उपप्रमुख मनोनयन गरेको छ।

शनिबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

रास्वपाले प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभागमा रुविना आचार्यलाई जिम्मेवारी दिएको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दिपककुमार साह (महोत्तरी) मनोनित भएका छन्।

यसैगरी आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुखमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी र वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसीलाई जिम्मेवारी दिइएको छ।

सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएकी छन्।

केन्द्रीय समितिले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वर कार्कीलाई पनि मनोनयन गरेको प्रवक्ता खरेलले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖