• Monday 5th of October 2026

आज पनि घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । आइतार तोलामा २ हजार ९ सय घटेको सुनको भाउ आज (सोमबार) थप घटेको छ।

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा २ हजार ९ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ९१ हजार ९ सयमा झरेको थियो।

यसअघि शुक्रबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको थियो।

गत साताको सोमबार र मंगलबार दुई दिनमा सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि तोलामा ६० रपैयाँ घटेर ४ हजार ३ सय ३० रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖