• Monday 5th of October 2026

बालेनको व्यङ्ग्यपछि बास्कोटाको कटाक्ष, ‘गगनलाई नयाँ दल भनेर नहेपेको भए हुने’


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।

उद्घाटन समारोहमा काङ्ग्रेस सभापति गगन थापाले संसद् खुला हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। थापाको उक्त अभिव्यक्तिलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

प्रधानमन्त्री शाहले आइतबार फेसबुकमा लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

यसैबिच प्रधानमन्त्री शाहको उक्त टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्।

बास्कोटाले लेखेका छन्, ‘एक तिहाइ काङ्ग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ-पुराना दलका मिलन-बिछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर, प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖