• Monday 5th of October 2026

मोटरसाइकल दुर्घटनामा परेका चालक पेस्तोलसहित पक्राउ


  • धनकुटा खबर
  • .

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

असोज १८ गते राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेको थियो। प्रहरीले पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖