कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
असोज १९ गते मध्याह्न १२ बजे महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा बेदकोट नगरपालिका–५ निवासी अन्दाजी २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा दिउँसो १२ः५५ बजे चिकित्सकले बमलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
