रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ खुर्रे खोला नजिकको ओडारबाट ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ।
असोज १९ गते बिहान करिब १० बजे ओडारभित्र लुकाइछिपाई राखिएको अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला परेपछि प्रहरीले बरामद गरेको हो।
बरामद भएका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
