• Friday 9th of October 2026

डीएसपी बोहराले रगत दिएर बचाइन् सुत्केरीको ज्यान


  • धनकुटा खबर
  • .

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहराले रगत दिएर एक सुत्केरी महिलाको ज्यान बचाएकी छन्।

बडीमालिका नगरपालिका–७ जिल्लीकी गंगा दमाईले सोमबार राति जिल्ला अस्पताल बाजुरामा शल्यक्रियामार्फत बच्चालाई जन्म दिएकी थिइन्। शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था जटिल बनेको थियो।

सुत्केरीको अवस्था गम्भीर बनेपछि डीएसपी बोहराले रगत दिएर उनको जीवन बचाउन सहयोग गरेकी हुन्।

कर्तव्यसँगै मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै डीएसपी बोहराले गरेको यो सहयोगले प्रहरीप्रतिको सम्मान र विश्वासलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖