• Friday 9th of October 2026

पोखरामा भएको बस दुर्घटनाका मृतक सबैको परिचय खुल्यो


  • धनकुटा खबर
  • .

पोखरा । बस दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। पोखराको कालिका, शरामा आज बिहान भएको बस दुर्घटनामा परी ४ जना विद्यार्थी र १ सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ।

कास्कीको माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो। बसमा १९ जना यात्रु रहेका थिए। घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकामध्ये विद्यार्थीहरू १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, १५ वर्षीया सुवेच्छा तिवारी र १५ वर्षीया एक बालिकाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। बस भीरबाट करिब २ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖