• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस महाधिबेशन : सिल नगरेको मतपेटिका भेटिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै प्रभावित भएको हो ।

आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी गरिएको थियो । तर, मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो ।

समावेशीतर्फ उपसभापतिका उम्मेदवार रञ्जित कर्णले रातोपाटीसँग भने, ‘मधेस प्रदेशको सिल नगरेको बाकस भेटियो ।

त्यसमा मुचुल्का नगरेको पाइयो । यसले विवाद भएपछि मतगणना अहिले प्रभावित बनेको छ ।

सभापतिको मतगणना यसअघि सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖