• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१२२९ मतगणना हुँदा उपसभापतिमा चन्द्र भण्डारीले ६४३ मत प्राप्त गरे,कसकाे कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिले उपसभापति खुलातर्फ दुई पद, समावेशीतर्फ एक पद तथा महामन्त्री खुलातर्फ दुई र महिलातर्फ एक पदका लागि मतगणना भइरहेको छ।

नेपली कांग्रेसको निर्वाचन समितिका अनुसार हालसम्म १ हजार २२९ मत गणना भएको छ। त्यसमध्ये १ हजार २२४ मत सदर भएका छन् भने ५ मत बदर भएका छन्।

जारी मतगणनामा उपसभापति खुलातर्फ चन्द्र भण्डारीले ६४३ मत प्राप्त गरेका छन्। ई. मधु आचार्यले ३६२ मत पाएका छन्। त्यस्तै गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।

उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरीले ३५७ मत प्राप्त गरेका छन्। जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रंजीत कर्णले १०० मत पाएका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ७२३ मत प्राप्त गरेका छन् भने अमरसिंह पुन मगरले ४५५ मत पाएका छन्। त्यस्तै उदयशमशेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला पन्तले ५३६ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय डीनाले ५१३ र रीता खनालले १४७ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖