• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा नेपाली सेना परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज परिचालन गरिएको प्रधानमन्त्री बालेनले बताएका छन्।

प्रधानमन्त्री बालेनका अनुसार बाढी तथा पहिरोको जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम (सीक्यूआरटी) समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले बताएका छन्।

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएका छन्।

आपत्कालीन सम्पर्क नम्बर

* एम्बुलेन्स: १०२
* जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी): १२३४
* जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖