काठमाडौँ । नेपाली कांग्रेसको खुला महामन्त्रीमा अमरसिंह पुनलाई उदय शमशेर राणाले उछिनेका छन् ।
पछिल्लो मतगणना अनुसार ८२३ मत ल्याएका छन् । पुनले ७०७ मत ल्याएका छन् । राणाले पहिलो पटक पुनलाई उछिनेका हुन् ।
खुलातर्फको २ महामन्त्रीमा प्रदीप पौडेल भने भारी मतान्तरले अगाडि छन् । पौडेलले १ हजार ४३८ मत ल्याएका छन् ।
दुई महामन्त्रीमा ८ जनाबिच प्रतिस्पर्धा भइरहेको छ । चौथोमा रहेका डा.सुनिल शर्माले ५५६ मत ल्याएका छन् ।
