• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना, एक विदेशी नागरिकको मृत्यु


  • धनकुटा खबर
  • .

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकप्टरका पंखा आपसमा ठोक्किँदा दुवै हेलिकप्टर पल्टिएका छन्।

मंगलबार बिहान करिब ८:१५ बजे फिसटेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन्।

दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले बताएका छन्।

घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टर परिचालन गरिएको छ। घटनाबारे थप जानकारी लिन लुक्लाबाट प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ गएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖