• Monday 23rd of November 2026

मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । अछाममा मेलामा युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको दोस्रो दिन पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कात्तिक २२ गते ढकारी गाउँपालिका–स्थित ढुंगाचाल्लामा लागेको मेलामा राति १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पविन्द्र बमले पीडित युवतीको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖