• Monday 23rd of November 2026

तिहारपछि सुनको भाउ तोलामा १३ हजार ९०० रुपैयाँले घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा तिहारपछि सुनको मूल्य प्रतितोला १३ हजार ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघि कात्तिक २२ गते प्रतितोला २ लाख ८३ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको हो।

महासंघका अनुसार तिहारपछि कात्तिक २७ गते सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो। कात्तिक २९ गते २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको सुन सोमबार थप घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको हो।

यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला २९० रुपैयाँले घटेको छ। तिहारअघि प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ रहेको थियो।

महासंघले मंगलबारका लागि सुनचाँदीको नयाँ मूल्य भने सार्वजनिक गर्न बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖