मुम्बई, ५ मंसिर । ‘सीआरई म्याट्रिक्स’ ले प्राप्त गरेका सम्पत्ति दर्तासम्बन्धी कागजातहरू अनुसार आमिर खानले मुम्बईमा आफ्नो सम्पत्तिको दायरा विस्तार गर्दै सान्ताक्रुज (पश्चिम) मा तीनवटा विलासी अपार्टमेन्ट भाडामा लिएका छन् ।
यसका लागि उनले मासिक ३८ लाख रुपैयाँ तिर्नेछन् । यी तीन अपार्टमेन्टको कुल कार्पेट क्षेत्रफल १२,२०० वर्ग फिट छ र यसमा नौवटा पार्किङ स्थल उपलब्ध छन् । चार वर्षको यो भाडा सम्झौता सन् २०२७ को जनवरीबाट सुरु हुनेछ, जसमा हरेक वर्ष भाडा दरमा पाँच प्रतिशतले वृद्धि हुनेछ । यसअघि गत वर्ष उनले पाली हिलमा चारवटा अपार्टमेन्ट मासिक २४ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएका थिए ।
आमिर खानलाई अन्तिम पटक ‘सितारे जमिन पर’ (२०२५) मा देखिएको थियो । हाल उनी आशुतोष गोवारीकरको ‘ललकारा’ को छायांकनमा व्यस्त रहेको बताइएको छ । यसका साथै उनीसँग ‘थ्री इडियट्स’ (२००९) को सिक्वेल पनि पाइपलाइनमा छ ।
