• Monday 23rd of November 2026

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता सम्पन्न


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ।

नयाँ दिल्लीस्थित होटल ताजमा आइतबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत सोमबार हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए।

उनले सोमबार नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा हुने सहमति, सम्झौता र शिलान्यासका विषयमा जानकारी गराएको बताइएको छ।

यसैबीच, नेपाल र भारतका प्रतिनिधिमण्डलबीचको वार्तापछि अहिले नेपालका परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच छुट्टै भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖