• Wednesday 7th of October 2026

अमेरिकाविरुद्ध नेपाललाई दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले दोस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन्।

उनले अमेरिकाका साइतेजा मुक्कामल्लालाई ४७ रनमा आउट गरेका हुन्। उनको प्रहारलाई कुशल भूर्तेलले क्याच गरे।

यसअघि करण केसीले नेपालका लागि १ विकेट लिए।

१२ ओभरमा २ विकेटको क्षतिमा अमेरिकाले ९६ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖