काठमाडौ । दिपक राज गिरिको कम्पनि ‘आमा सरस्वती मूभिज’ १ अर्ब रुपैयाँ कमाउने पहिलो नेपाली फिल्म निर्माता कम्पनी बनेको छ ।
यसले निर्माण गरेका ८ फिल्मको कूल कमाइले उक्त आँकडा पार गरेको जनाइएको छ ।
छक्कापञ्जा’को पहिलो भागले १६ करोड, दोस्रो श्रृंखलाले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड , ‘छक्कापञ्जा ५’को १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
