• Wednesday 7th of October 2026

आमा बन्दै अभिनेत्री अशिष्मा नकर्मी


  • धनकुटा खबर
  • .

अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने तयारीमा छिन्।

विवाह गरेको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
इन्स्टाग्राममा बेबी बम्पसहितको तस्बिरहरू सेयर गर्दै उनले आफू आमा बन्न लागेको खुसी साटेकी छन्।

आउँदो मार्चमा आफू आमा बन्ने उनले बताएकी छिन्। उनको पोस्टमा थुप्रै कलाकारहरूले समेत बधाई दिइरहेका छन्।

अशिष्माले २०७४ सालमा नविनचन्द्र प्रधानसँग लगनगाँठो कसेकी थिइन्। विवाहपछि उनी श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी छिन्।

‘अन्तराल’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अशिष्मालाई फिल्म ‘अर्धकट्टी’ को गीत ‘तिम्रो फिगर कोकाकोला’ ले धेरै दर्शकमाझ चिनाएको थियो।

उनले ‘लभ यु बाबा’, ‘बाटो मुनीको फुल २’, ‘संरक्षण’, ‘राधे’, ‘मेला’ लगायतका फिल्ममा काम गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖