• Monday 5th of October 2026

किन हुन्छ खुट्टा बाउँडिने समस्या ? कसरी बच्ने ?


  • धनकुटा खबर
  • .

कहिलेकाहीँ हाम्रो एक्कासि खुट्टा बाउँडिन्छ । हामीलाई खुट्टाको पिँडुला फर्किने समस्याले सताउँछ । समस्या समान्य नै भएपनि खुट्टा फर्किँदा शारीरिक पीडा अत्यन्तै हुन्छ ।

खुट्टाको तिघ्रानिर वा पिँडुलाको मासु पल्टनु वा अर्कोतर्फ सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ ।

पल्टिएको ठाउँमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइ महसुस हुन्छ । तिघ्राको मासु पल्टिने अवधि केही समयदेखि धेरै मिनेटसम्म हुने गर्छ ।

दुखाइ कम भएपछि एकै ठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरूमा यो समस्या देखिन्छ । प्रायः अधबैँसे तथा बूढाबूढीमा यो समस्या बढी देखिने गर्छ ।

यसकारण आज हामी खुट्टा बाउँडिने समस्या के कारणले हुन्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

–शरीरमा रक्त सञ्चार राम्ररी नभएमा

–शरीरमा पानीको कमीले

–पोटासियमको कमीले

–पोषक तत्त्वको अभाव

–लामो समयसम्म उभिँदा

–गर्भवती हुँदा

–हाइपोथाइराइड

–मधुमेह

–मद्यपान

कसरी बच्ने

–प्रशस्त पानी पिउने, फलफूलको रस र दालको रस पनि पिउने,

–सकेसम्म मद्यपान नगर्ने, कफी र सोडा नपिउने,

–सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ । सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ ।

–लगातार लामो समय नउभिने । अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने ।

–सुत्दा नरम ओछ्यान प्रयोग गर्ने ।

–खुट्टा फर्किएको ठाउँमा तातोले सेक्ने । तातोले खुम्चिएको मासु छिटो फुक्न सहयोग गर्छ ।

–पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खानेकुरा प्रशस्त खाने गर्नुपर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖