• Sunday 29th of November 2026

घरको आगनमा मृत भेटिए श्रीमान श्रीमती


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका-१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जाेशीले उनीहरू दुवै जना शुक्रबार बिहान मृत फेला परेका बताए ।

उनकाअनुसार घरकाे आगनमा दुवै जना मृत फेला परेका हुन् । शरीरमा धारिलाे हतियार प्रहार भएको देखिएकाेले श्रीमानश्रीमतीकाे हत्याकाे आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली पनि लालझाडी पुगेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖