• Sunday 29th of November 2026

जुवाखालमा प्रहरी पुगेपछि भागेका बिक मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा जुवाखालबाट भाग्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन् ।

शुक्रबार राति जुवा भइरहेको सूचनाका आधारमा गाेदावरी नगरपालिकाकाे काेल्मुडामा प्रहरी पुगेको थियोे ।

साेही क्रममा भागेर सम्पर्कविहीन भएका गोदावरी नगरपालिका–१२ का करन विक शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बिक कोल्मुडाको छोट्यास कुलोमा मृत भेटिएको बताए ।

विकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖