• Tuesday 6th of October 2026

रेखालाई रेड कार्ड दिएपछि रंगशालामा रेफ्रीविरुद्ध नाराबाजी, १२ मिनेट रोकियो खेल


  • धनकुटा खबर
  • .

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध खेल प्रभावित बन्न पुग्यो। नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि खेल प्रभावित भएको हो।

रंगशालामा पुगेका समर्थकहरूले रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यसपछि खेल १२ मिनेटसम्म रोकिन पुगेको थियो।

रेखा खेलबाट बाहिरिएसँगै नेपाल १० खेलाडीमा समेटिएको छ। खेलको ५० औँ मिनेटमा नेपाल १० खेलाडीमा सिमित भएको हो।

नेपाल १० खेलाडीमा सीमित भएपछि समर्थकले अभद्र व्यवहार देखाएपछि खेल केहीबेर रोकिएको थियो।

खेलको दोस्रो हाफ जारी रहँदा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖