• Tuesday 6th of October 2026

साफ फाइनलमा नेपाल भर्सेस बंगलादेश : गोलरहित बराबरीमा टुंगियो पहिलो हाफ


  • धनकुटा खबर
  • .

साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरी गरेका छन्।

दशरथ रगंशालामा जारी पहिलो हाफ सकिदा दुवै टोलीले गर्न सकेका छैनन्।

खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिदै गरेको प्रहर क्रसबारमा लाग्दै रिबाउण्ड भयो। रिवाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्।

खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।

खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖