• Wednesday 7th of October 2026

फुटबलर प्रीतिलाई ब्यागमान्डुको नगदसहित सम्मान


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ ।

ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद रु २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्धारा सम्मान गरेको हो ।

ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर, १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖