• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ग्यास कारखानामा आगलागी, ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ग्यास कारखानामा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ।९ जना घाइते भएका छन्।

काबुलको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो।

आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले ६ जनाको मृत्यु भएको र ९ जना घाइते भएको पुष्टि गरेका छन्।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖