• Sunday 29th of November 2026

पिकनिकमा रमाइरहेकी विद्यार्थी विपना शौच गर्न गएपछि …


  • धनकुटा खबर
  • .

नवलपुर। गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा विपना चौधरीको शव फेला परेको छ।

नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका ४ लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन्।

बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए।

उनको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्ट गरिएको र शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए।

क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कदै थिए। फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता भएकी थिइन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖