• Sunday 29th of November 2026

ब्रेक फेल भएको बसले बाटोमा देउसी खेलिरहेको टोलीलाई ठक्कर दिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ– अर्घाखाँचीको भूमिकास्थानमा देउसी खेलीरहेको समुहलाई ब्रेक फेल भएको बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा आज (सोमबार) बेलुका करिव ५ बजे देउसे नाचिरहेको ठाउँमा ना३ख २४७१ नम्बरको बसले ठक्कर दिएको हो।

ब्रेक फेल भएको बसले बाटोमा देउसी खेलीरहेको टोलीलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

घाइते ८ जनाको अर्घाखाँची अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖