• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्प जित नजिक, गरे सम्बोधनको तयारी


  • धनकुटा खबर
  • .

एजेन्सी — अमेरिकाको ४७‍औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जीतनजिक पुगेका छन् ।

प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियमा जीत हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनका अनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

फक्सन्युजले ट्रम्पको जीत निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने निश्चित भएको प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।

त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८८ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖