• Wednesday 7th of October 2026

सलमान खानलाई धम्क्याउने पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ – बलिउड सुपरस्टार सलमान खानलाई धम्काउने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी गर्ने बिकाराम जलाराम बिश्नोईलाई पक्राउ गरिएको हो । उनले सलमानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाएका थिए ।

उनी राजस्थानको जालोर जिल्लाका मूल निवासी भएको र कर्नाटककाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नोभेम्बर ४ मा अर्को एउटा धम्की आएको थियो । धम्की दिने व्यक्तिले उनीसँग ५ करोड रुपैयाँ मागेका थिए ।

धम्कीमा, अभिनेतालाई जीवित रहन माफी माग्न वा पाँच करोड भारु भुक्तानी गर्ने भनेर दुई विकल्प दिइएको थियो । एक हप्तामा सलमानलाई आएको यो दोस्रो धम्की थियो ।

यही आरोपमा प्रहरीले कर्नाटकको हुब्बलीमा एक संदिग्धलाई पक्राउ गरिएको थियो । त्यसपछि मुम्बई प्रहरीले एक टोलीलाई त्यहाँ पठाएको थियो । पेशाले वेल्डर काम गर्ने ती व्यक्तिलाई मुम्बई प्रहरीले सोधपुछपछि पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖