• Sunday 29th of November 2026

कांग्रेस नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक परेको छ । वाग्लेका छोरा तथा पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार राजधानीको ह्याम्स अस्पतालमा निधन भएको हो ।

पर्यटन व्यवसायी राजेन्द्र सुवेदीले उनको निधन भएको पुष्टि गर्दै भोलि (सोमबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको रातोपाटीलाई बताए । रक्तश्रावको समस्या देखिएपछि उनलाई चार दिनअघि मात्रै ह्याम्स अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आज असायमिक निधन भएको उनले बताए ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖