काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले घटेको हो । सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रूपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्यको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ३५ रूपैयाँले घटेर १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
