• Sunday 29th of November 2026

दर्शानार्थी बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्युु भएकाे छ । शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म१ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाकाे मृत्युु भएकाे बताए । मृतककाे सनाखत हुन बाँकी छ ।

उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेकाे हुनसक्ने भएकाले खाेजी भइरहेको छ । मालिकार्जुनबाट गाेकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖