• Sunday 29th of November 2026

यी हुन् साहसी महिला ‘ड्राइभर’ रबिना


  • धनकुटा खबर
  • .

काठमाडौ । यी हुन् बैतडीकी २० वर्षीया रविना चन्द र पछाडि मा उनले चलाउने सवारी । फोटोग्राफर बन्ने सोच बनाएकी रविनाले यति बेला बोलेरो गाडी चलाउने गर्छिन् ।


उनी अचेल बैतडीका विभिन्न ठाउँ र पञ्चेश्वरदेखि महेन्द्रनगर, धनगढीसम्म जिप चलाउँछिन्। पञ्चेश्वरबाट धनगढी, महेन्द्रनगरसम्म पुग्न ११–१२ घण्टा समय लाग्छ। रविनाले भनिन्, मेरो सपना त फोटोग्राफर बन्ने थियो, तर घरको अवस्थाले ड्राइभर बन्न पुगें। र अहिले ‘गाडी चलाउने काम गर्न थालेपछि साथिहरूले तिमीले त प्रगती गर्न थाल्यौ भन्ने गरेका छन्।’भन्न त ड्राइभिङ केटीहरूले गर्ने पेसा होइन समेत भन्छन्। तर म आफ्नो कर्तव्य पूरा गरिरहेकी छु।

सार्वजनिक यातायात चलाउने सपना देख्ने महिलाहरूका लागि आफ्नो कामले साहस भर्ने काम गरिरहेकी छु । नेपाली समाजमा महिलाहरूको काम केवल विवाह गर्ने, गृहिणी बन्ने र बच्चा जन्माउने मात्रै हो भन्ने सोच छ। महिलाले जस्तोसुकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन पनि म यो काम गरिरहेकी छु।

२० वर्षीया रविना चन्द सार्वजनिक यातायात चलाउने बैतडी जिल्लाकै पहिलो महिला पनि भएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖