• Tuesday 6th of October 2026

पूर्णबहादुरको सारंगीले नेपालमै कमायो ३४ करोड ३६ लाख, अमेरिकामा पनि कीर्तिमान


  • धनकुटा खबर
  • .

नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ।

हालसम्म ३४ करोड ३६ लाख रूपैयाँ नेपालमा मात्र ग्रस कलेक्सन भएको प्रोड्युसर विनोद पौडेलले जानकारी दिएका छन्।

कात्तिक १८ गते हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।

विदेशका विभिन्न सहरमा पनि यस फिल्मले राम्रो कमाइ गरिरहेको छ।

अमेरिकामा मात्र हिजो ६७ वटा हलमा २ सय २६ सो भएको र नेपाली फिल्म उद्योगका लागि यो ऐतिहासिक दिन रहेको निर्माण टोलीको भनाइ छ।

विजय बरालको मुख्य भूमिका रहेको यस फिल्ममा अञ्जना बराइली नायिका छिन्।

यो फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको पनि अभिनय छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖