• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर ५ । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो । लामिछानेलाई पनि काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको छ ।

अर्का आरोपित कुमार रम्तेललाई यसअघि काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖