काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ ।
यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजना सभा गर्दैछ ।
यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।