• Tuesday 6th of October 2026

चीनलाई हराउँदै भारतले जित्यो महिला एसियन च्याम्पियन्स ट्रफीको उपाधि


  • धनकुटा खबर
  • .

चीनलाई हराउँदै भारतले महिला एसियन च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

बुधबार भारतीय राज्य बिहारको राजगिरमा भएको फाइनल खेलमा भारतले चीनलाई १–० ले हराउँदै उपाधि जितेको हो।

फाइनल खेलमा ३१औँ मिनेटमा पेनाल्टी कर्नरबाट गरेको गोल नै भारतको जितका लागि निर्णायक बन्यो।

खेलको अन्तिम मिनेटमा चिनियाँ टोलीले गोल गर्न सक्दो प्रयास गरे पनि भारतीय डिफेन्सलाई छेक्न सकेन।

यो प्रतियोगितामा भारतीय महिला हक्की टोलीले एउटा खेल पनि हारेन।

भारतीय टोलीले यो उपाधि लगातार दोस्रोपटक जितेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖