• Tuesday 6th of October 2026

प्रकाश सपुतको फिल्मको गीतमा समीक्षा अधिकारीले दिइन् स्वर


  • धनकुटा खबर
  • .

गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’ को गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्।

प्रकाशको शब्द तथा संगीतमा तयार गीतमा समीक्षा र सुगम पोखरेलको स्वर रहनेछ।

समीक्षाले यसअघि प्रकाशसँग सहकार्य गरेका ‘कुरा बुझ्न पर्च’, ‘जाले रूमाल फाट्यो’, ‘बुझिन् मैले’ लगायत गीत हिट छन्।

फिल्म ‘वसन्त’ को कुरा गर्दा यसलाई प्रकाश सपुतले निर्देशन गरिरहेका छन्। उनीसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायत कलाकार फिल्ममा शीर्ष भूमिकामा छन्।

चैत २२ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको छायाँकन अन्तिम चरणमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖