• Tuesday 6th of October 2026

बिहे गर्दै अभिनेता विजय र अभिनेत्री तमन्ना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता विजय वर्मा र दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया विवाह गर्दैछन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरू सन् २०२५ मा विवाह गर्ने योजनामा छन्। तर उनीहरूले आधिकारिक रूपमा विवाह योजनाबारे खुलासा गरेका छैनन्।

उनीहरू एक विलासी अपार्टमेन्ट समेत खोजिरहेका छन्। विवाहपछि उनीहरू नयाँ घरमा बस्नेछन्।

गतवर्ष तमन्ना र विजयले आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेका थिए। तमन्ना र विजयको भेट वेब सिरिज ‘लस्ट स्टारिज’ को सेटमा भएको थियो। उनीहरूले ‘लस्ट स्टोरिज २’ मा पनि एकसाथ काम गरिसकेका छन्।

तमन्ना यतिबेला बलिउड र दक्षिण भारतीय दुवै क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेकी छन्। हालै उनले श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री २’ मा समावेश ‘आजकी रात’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन्। अब उनी ‘सिकन्दर का मुकद्दर’ मा देखिनेछिन्।

विजय ‘मटका किङ’ र ‘सूर्य २३’ जस्ता फिल्ममा देखिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖